बीमा समितिले वार्षिकोत्सवको लागि माग्यो लेख रचना, कसरी पठाउन सकिन्छ ?

११ चैत्र २०७८, शुक्रबार १५:१५

काठमाडौं । बीमा समितिले ५४ औं वाषिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्क को लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ ।

समितिको २०७८ जेठ १ गते हुन गइरहेको वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंङक, बीमा, पूँजीबजार, ब्यवस्थापन लगायतमा विषयमा तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना पठाउन आग्रह गरेको छ । लेख रचना पठाउदा कम्पनीमा २ सय शब्दसम्मको नेपाली वा अङग्रेजी भाषामा, प्रिति वा टाइम् न्यु रोमन फन्डमा चैत मसान्तसम्म समितिको इमेल [email protected] मा पठाउन सकिने समितिले जनाएको छ।।

साथै, लेख रचना छनौट तथा प्रकाशनको सम्पूर्ण अधिकार समिति रहने र छनौट भएका लेख रचनाको लागि पारिश्रमिकको समेत ब्यवस्था गरेको समितिले जनाएको छ ।

तल उल्लेखित ब्यक्तिको इमेल ठेगानामा समेत लेख रचना पठाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*