नेपाल लाइफ र अभिकर्ताबीच नयाँ सहमतिपत्रमा हस्ताक्षर, एजेन्सी म्यानेजरको पुरानो स्ल्याब खारेज गर्ने निर्णय

११ चैत्र २०७८, शुक्रबार ०९:३४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नौ महिनादेखि आन्दोलनरत बीमा अभिकर्ता र बीमक कम्पनीबीच हिजो नयाँ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कामु सिईओ प्रविण रमण पराजुली, नेशनल सेल्स म्यानेजर उमापति पोखरेल र दिग्बिजय सिंघल तथा आन्दोलनकारीको तर्फबाट बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश अधिकारी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले हस्ताक्षर गरेका छन् ।

हिजो भएको सहमति अनुसार गत साउन २४ गते जारी गरिएको बीमा अभिकर्ताहरुको स्ल्याब खारेज गरेर नयाँ स्ल्याब जारी गरिएको छ । हिजो भएको सहमति अनुसार नयाँ ३।१० मा आधारित नयाँ स्ल्याब जारी गरिएको छ । त्यस्तै सहमति अनुसार बीमा अभिकर्ताहरुले बीमा कम्पनीबाट पाउने सुविधाहरु बृद्धि गर्ने सहमति भएको संघर्ष समितिका अध्यक्ष गणेश अधिकारीले बीमापोष्टलाई जानकारी दिए ।

सहमतिसँगै नेपाल लाइफमा अभिकर्ताका सबै मागहरु पुरा भई अब एकढिक्का भएर सिंगो कम्पनी बीमा व्यवसायमा होमिने संयोजक अधिकारीले बताए । उनले नौ महिना लामो संघर्षपछि बीमा अभिकर्ताहरुको जित भएको भन्दै खुशी मनाउँदै बीमा व्यवसायमा केन्द्रीत हुन सबै अभिकर्ताहरुलाई आह्वान गरेका छन् ।

फाइल तस्विर

One thought on “नेपाल लाइफ र अभिकर्ताबीच नयाँ सहमतिपत्रमा हस्ताक्षर, एजेन्सी म्यानेजरको पुरानो स्ल्याब खारेज गर्ने निर्णय

  1. मिन says:

    उमापति पोखरेलको नाम मा कुन मितिमा हस्ताक्षर छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*