सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले बिहिबार चितवन जिल्लाको टाँडीमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक बरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य साथै संचालक डा केशव प्रसाद आचार्यले सयुक्त रुपमा गरेका हुन । समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
बिस्तारित शाखा कार्यालय मार्फत बैंकले सहज र सरल रुपमा आफ्ना ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गर्ने जनाएको छ । हाल बैंकका देशभर १२६ शाखा कार्यालय र ११४ वटा एटिएम संचालनमा रहेका छन् ।