एलआईसी नेपाल धनगढी शाखाले दियो बीमितको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ

१० चैत्र २०७८, बिहीबार १६:०६

काठमाडौं । एलआईसी (नेपाल) लिमिटेड धनगढी शाखाबाट मृत्युदाबी बापतको रकम हस्तान्तरण गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ का प्रकाश शाहले एनआईसीमा ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

अभिकर्ता मन्जु कुमारी शाहीबाट बीमा गराएका शाहको कोराना कारण मृत्यु भएको थियो । कम्पनीको धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले बीमितको श्रीमति ज्ञानुु चन्द शाहलाई मूत्यु दाबी बापतको ५२ लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

एक विशेष कार्याक्रमका बीच अभिकर्ता मन्जु शाहीले आफ्नो १८ बर्ष लामो एल.आई.सी आबद्धताको दौरानमा आफुले बीमा गरेको पहिलो बिमीतको कोरोना महामारीका कारण मृत्यु भएकोमा आफु अत्यन्त मर्माहत भएको तर एल आई सी नेपाल लि.ले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्युदाबी भुक्तानी गरेकोमा धन्यवाद ब्यक्त गर्दै आफ्नो संस्था सँग आबध्दता प्रति गौरब भएको बताइन ।

उक्त कार्यक्रम निज बिमीतका श्रीमतले एल आई सी नेपालले उपलब्ध गराएको रकमले दैनीकी सन्चालनका साथै आफ्ना बाल बच्चाको अध्ययनका लागि ठुलो राहत पुर्याउने कुरा ब्यक्त गरिन । मानबिय क्षतिको कहिले पुर्ति नहुने तर बीमा रकमले घरको मुख्य आम्दानी गर्ने ब्यक्तिको अभाबमा परिवारका लागि ठुलो अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने शाखा प्रबन्धक भट्टले बताए । उक्त कार्यक्रममा एजेन्सी म्यानेजर राम ब शाही ,जानकी जोशी ,केशब भण्डारी लगायतको उपस्थिति थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*