नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले कति बुझे वार्षिक तलब ?

१० चैत्र २०७८, बिहीबार १२:४१

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले संचालक समितिले प्रस्ताव गरेको विविध प्रस्ताव र सिईओ एवं संचालकहरुरको भत्ता समेत पारित गरेको छ ।सभाले कम्पनीको संचालकको बैठकले निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको वार्षिक तलब भत्ता सुविधा प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको सिईओको एक करोड ४० लाख रुपैयाँ बुझेका छन् ।साथै सभाले कम्पनीको सिइओ खड्काले इन्सेटिभ वापत ४२ लाख ३९ हजार ३०६ रुपैयाँ स्वीकृत गरेको छ । कम्पनीको उल्लेखनिय प्रगति भएसँगै कम्पनीले सिईओले इन्सेटिभ रकम शतप्रतिशतले बढाएको छ । अघिल्लो वर्षमो ७ लाख ६७ हजार रुपैयाँ बुझेका थिए ।अघिल्लो वर्षमा खड्काले तलब सुविधा सहित जम्मा ९४ लाख २० हजार रुपैयाँ बुझेका थिए ।

कम्पनीले खड्कालाई गत वर्ष तलब भत्ता तथा इसेन्सेटिभ बाहेक दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गरिदिएको छ । कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले तलब भत्ता तथा अन्य सुविधा सहित एक करोड ८७ लाख रुपैयाँ बुझेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*