ज्योति विकास बैंकले दियो स्वास्थ्य केन्द्रलाई बेबी वार्मर
काठमाडौं । ज्योति विकास बैंकले स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित हाम्रो विकास प्रवद्र्धन कोष मार्फत म्यागङ गाउँपालिका वडा न ३ देउराली नुवाकोटमा रहेको देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वदेशमै निर्मित बेबी वार्मर हस्तान्तरण गरेको हो ।
स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्धारा म्यागङ गाउँपालिका वडा न ३ का अध्यक्ष हरि बहादुर तामाङको उपस्थितीमा उक्त स्वास्थ्य केन्द्रलाई बेबी वार्मर हस्तान्तरण गरेका हुन । साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो । राष्ट्रिय आविष्कार केन्द्रबाट निर्मित बेबी वार्मर नवजात शिशुको शरिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना २ को लागि सहयोग प्रदान गरेको थियो ।