सुन तोलामा ११ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ३ सय रुपैयाँ

१० चैत्र २०७८, बिहीबार ११:३४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । बुधबार तोलामा १ हजार १ सय रुपैयाँले घटेको सुनको मुल्य बिहिबार पनि सोही १ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*