हुने भयो कोरोना बीमाको दावी, पहिलो चरणमा १ अर्ब दिदैं सरकार

९ चैत्र २०७८, बुधबार १७:३६

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी वापत पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गर्ने तयारी गरेको छ । लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसक्दा कम्पनीहरुप्रति दिनप्रति दिन बीमितको विश्वास घट्दै गएको कारण चुनाव अगाडि नै बीमा दाबी भुक्तानी दिने तयारी भईरहेको बीमा समितिले जनाएको छ ।

चुनावअघि नै कोरोना बीमाको दाबी भुक्तानी गरि बीमितहरुमा सकारात्मक सन्देश दिन पहिलो चरणको बीमा दाबी भुक्तानी दिन तयारी भईरहेको अर्थमन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार तत्कालका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने र बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ थप गरी २ अर्ब रुपैयाँ भुक्तानी गर्ने तयारी भइरहेको छ । चुनाव अगावै पहिलो चरणमा १ अर्ब रुपैयाँ बीमितहरुलाई भुक्तानी गरि सकारात्मक सन्देश दिँदै बाँकी अन्य चरणमा दिने तयारी भईरहेको बीमा समितिले जनाएको छ ।

बीमा कम्पनीहरुले बाँकी सबै दाबी भुक्तानी वापतको रकम भुक्तानी गर्न आफूहरु तयार रहेको तर त्यसवापत सरकारले करमा समायोजन गर्नुपर्ने विकल्प सुझाव दिएका छन् ।
बीमा कम्पनीहरु कोरोना बीमाको दाबी भुक्तानी गर्न तयार छन् । लामो समयदेखि बीमितसम्क्ष नराम्रो छाप परेको हुँदा बीमक संघले पनि यस बिषयलाई कसरी समाधान गर्ने भनेर विगत लामो समदेखि छलफल गरिरहेको एक कम्पनीका सिईओले बीमा पोष्टलाई जानकारी दिए । अहिलो सरकार कोरोना बीमा दाबी भुक्तानीप्रति सकारात्मक देखिएको हुँदा चाडौ यो बिषय समाधान हुने बताए ।
हाल सरकार मातहतमा कोरोना बीमाको दाबी भुक्तानी स्वरुप ११ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा हुन बाँकी छ ।

कोरोना बीमा मापदण्ड–२०७७ मा कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रुपैयाँसम्म बीमकले र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।
हालसम्म कोरोना बीमाको दाबी भुक्तानीका लागि १ लाख ५९ हजार २२५ दाबीमार्फत् १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी भुक्तानी परेको छ । तर हालसम्म कुल ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।
हालसम्म आफ्नो दायित्व अनुसार बीमक, महाविपत्ति पुल, पुनर्बीमा कम्पनी र बीमा समितिले ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । यस बाहेक कम्पनीहरुले १ अर्ब माथि भुक्तानी गरिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*