नेको इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

९ चैत्र २०७८, बुधबार १३:४६

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु भएर सम्पन्न भएको हो ।

उक्त सभामा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईले विगत २६ वर्षमा कम्पनीले विभिन्न आरोह अवरोह पार गर्दै क्रमिक रुपमा सफलता हासिल गरी आजको अवस्थासम्म आइपुग्दा कम्पनी देशको अग्रणी बीमा कम्पनी मध्येको एक कम्पनीको रुपमा स्थापित भएको बताए । साथै व्यवसाय, दाबी भुक्तानी, मुनाफा र शेयरधनीहरुलाई दिइने प्रतिफलमा पनि अग्रणी मध्येहरुमा कम्पनी एक रहेको अध्यक्ष भट्टराइले दाबी गरे ।

“नेपालमा बीमा क्षेत्रको विकास गर्न कम्पनीले आफ्नो कार्यक्षेत्रलाई फैलाउँदै आएको छ भने राष्ट्रिय महत्वको विषय रहेको कृषि बीमालाई अझ ब्यापक रुपमा अघि बढाई रहेका छौं ।”अध्यक्ष भट्टराईले भने, “कम्पनीले व्यवसायिक दक्षता अभिबृद्धि गरी गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरी ग्राहकको विश्वास आर्जन गर्न सफल भएको छ । यसको परिणाम स्वरुप गत वर्षको तुलनामा समिक्षा वर्ष २०७७।०७८ मा प्रतिकुल अवस्थाको बाबजुत पनि कम्पनीले बीमाशुल्क आर्जनमा करिब १६.५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।”

 

त्यस्तै, उक्त सभाको स्वागत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक कुमार खड्काले कम्पनीले २६ वर्षदेखि निरन्तर देशको बीमा बजार सेवा पुर्याउँदै आएको र हालसम्म जीवनको मध्य भागमा केही अवरोह भोग्नु परे पनि विगत ८ वर्षदेखि निरन्तर प्रगति पथमा लम्किदै हरेक सूचांकमा नेपालमा अग्रणी बीमा कम्पनीहरु मध्येको स्थानमा उभ्यान सफल रहेको बताए ।

साथै ग्राहकहरुको सेवामा समर्पित हुँदै कम्पनीले वेब वेस्ड नयाँ सफ्टवेयरबाट ग्राहकहरुलाई बीमालेख स्वीकृत भएको जानकारी, अनलाईन बीमाशुल्क भुक्तानीको ब्यवस्था, नवीकरणको सूचना आदि मोबाइलमार्फत पठाउने ब्यवस्था भएको, ३६५ दिन बीमा सेवा लगायतका ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा प्रदान गर्दै आएको सिइओ खड्काले बताए ।

‘ग्राहकहरुलाई सेवाबाट सन्तुष्ट राख्दै शेयरधनीहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रतिबद्ध छौं,”उनले भने, “कोरोना महामारीको निरन्तरता र बाढी लगायतका बेमौसमी प्राकृतिक प्रकोपका कारण पर्न सक्ने प्रभावको मूल्यांकन गर्दा भविष्य सोचेजस्तो नहुने तर्फ पनि हामी अहिले नै सचेत हुन आवश्यक ठान्दछौं ।” साथै उनले कम्पनीले व्यवसायको साथसाथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु समेत गर्दै आएको बताए ।

आज सम्पन्न उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । सो अनुसार फागुन ३० गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्र सभामा उपस्थित भई लाभांश प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*