कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गतेदेखि अवतरित हकप्रद लिलामीमा ल्याउदै

९ चैत्र २०७८, बुधबार १२:३२

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर चैत १६ गतेदेखि लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले माग ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा विक्री हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकिनेछ । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी चैत २४ गतेसम्म न्यूूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

बोलपत्र कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धार काठमाडौं, सिभिल बैंकका शाखा कार्यालय बिराटनगर, वीरगंज, पोखरा, सुर्खेत, नेपालगंज धनगढीका साथै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयमा मार्फत पेश गर्ने सकिनेछ । अवितरित हकप्रद शेयर समेत विक्री पश्चात् कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*