सुन तोलामा ११ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

९ चैत्र २०७८, बुधबार ११:२५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने १ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*