अजोड इन्स्योरेन्सद्धारा बीमा दाबी फर्छ्यौटको लागि आह्वान

९ चैत्र २०७८, बुधबार ११:३३

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गर्न बाँकी बीमितहरुलाई दाबी फर्छ्यौटको लागि आह्वान गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीमा प्राप्त भएका दाबीको निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दावीकर्ताहरुलाई आवश्यक कागजात सहित दावी फछ्र्यौटको लागि कम्पनीको नजिकको प्रादेशिक कार्यालय सुन्धारा, काठमाडौं दावी विभागमा सम्पर्क गरी भुुक्तानी गर्न आग्रह गरेको हो ।

बीमितलाई आफ्नो सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमा तथा लघुबीमा अन्तर्गतका दावीको दावी भुक्तानी लिन कम्पनीले आग्रह हो ।

साथै २१ दिनभित्र सम्पर्कमा नआएका बीििमतहरुको फाइल दावी फाइल बन्द गरिने कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*