७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि नेपाल फाइनान्सले पायो बोर्डबाट अनुमति

९ चैत्र २०७८, बुधबार ११:०९

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले कात्तिक १ गते ७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि निवेदन दिएकोमा चैत ८ गते  बोर्डबाट स्वीकृति पाएको हो ।

बोर्डले नेपाल फाइनान्सलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर विक्रीको अनुमति दिएको हो ।

नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।

यो हकप्रद शेयर विक्रीको रुपमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ । कम्पनीको हकप्रद निष्काशन पश्चात चुक्तापूँजी ८३ करोड ८९ लाख ८३ हजार रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*