सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा चैत ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

९ चैत्र २०७८, बुधबार १०:४६

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सो दिन १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । स्वतन्त्र (विज्ञ) सञ्चालकको नियुक्ती अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाका लागि तय भएका छन् ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ एक दिनका लागि बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजका आधारणमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*