आरएमडीसी र छिमेक लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाकाको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था
संस्थाले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता शेयर लिलामीमा ल्याएको थियो ।
उक्त शेयरको न्यूनतम मूल्य ५४० रुपैयाँ तोकिएको छ । शेयरमा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।
छिमेक लघुवित्त वित्तीय संस्था
कम्पनीले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको ६ लाख ६ हजार १४० कित्ता शेयर लिलामीमा ल्याएको थियो ।
उक्त शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिन सकिनेछ ।
दुवै कम्पनीको उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आज (चैत ९ गते) सम्म आवश्यक कागजात संकलन गरी बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।