राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने

८ चैत्र २०७८, मंगलवार १९:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

संशोधित कार्यविधिमा कुनै पनि फर्म वा कम्पनीले पुनरकर्जा प्राप्त गर्न पछिल्लो २ आर्थिक वर्षमा औसत ३ प्रतिशत भन्दा बढी रिटर्न अन इक्विटी हुन नहुने व्यवस्था गरेको छ । यसअघि २० प्रतिशतसम्म आरओई हुने कम्पनीले पुनकर्जाको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । संशोधनमार्फत् राष्ट्र बैंकले यसअघि पुनरकर्जा सुविधा प्राप्त गरेका व्यवसायीलाई फेरि पुनरकर्जा दिन समेत रोक लगाएको छ ।

साथै राष्ट्र बैंकले पुनरकर्जामा लिइने ब्याजदर समेत बढाएको छ । अब बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा सुविधा प्राप्त गर्ने ऋणीसँग घरेलु तथा साना उद्यम तथा साधारण पुनरकर्जामा ७ प्रतिशत र विशेष पुनरकर्जामा ५ प्रतिशत ब्याज लिनेछन् । सो बापत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग लघु, घरेलु तथा साना उद्योगका लागि ४ प्रतिशत, साधारण पुनरकर्जाका लागि ५ प्रतिशत र विशेष पुनरकर्जाका लागि २ प्रतिशत ब्याजर लिनेछ ।

यसअघि राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जामा बैंकले ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरेको थियो भने विशेष पुनरकर्जाको ब्याजदर ३ प्रतिशत तोकेको थियो । सो बापत बैंकहरुसँग भने लघु, घरेलु तथा साना कर्जाको लागि २ प्रतिशत, साधारण पुनरकर्जाका लागि ३ प्रतिशत र विशेष पुनरकर्जाका लागि १ प्रतिशत ब्याजदर लिने व्यवस्था गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*