सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

८ चैत्र २०७८, मंगलवार १४:२९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै बीमितहरुलाई प्रतिहजार अधिकतम ७० रुपैयाँसम्म (प्रतिहजार) बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आज प्रकाशित गरेको बोनसदरअनुसार बीमितहरुले प्रतिहजार न्यूतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ७ बीमा योजनाका विभिन्न अवधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमा योजना (रेगुलर) अन्तर्गतका बीमितलाई न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको हो । जसमा ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४७ रुपैयाँ र २५ वर्षभन्दा माथि प्रतिहजार ७० रुपैयाँ बोनसदर तोकिएको छ ।

त्यस्तै, सावधिक जीवन बीमा योजना (एकल) अन्तर्गतका बीमितहरुले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । जसमा ९ वर्षसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्म ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्म ४० रुपैयाँ, २० देखि २४ वर्षसम्म ४५ रुपैयाँ र २५ वर्षदेखि माथि ६५ रुपैयाँ बोनसदर पाउनेछन् ।

त्यस्तै, त्रिपल सावधिक बीमा योजना अन्तर्गतबा बीमितहरुले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर प्राप्त गर्नेछन् । जसमा १० देखि १४ वर्षसम्म प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्षसम्म २० रुपैयाँ, २० देखि २४ वर्षसम्म २५ रुपैयाँ र २५ वर्षभन्दा माथिका ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*