छिमेक लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
८ चैत्र २०७८, मंगलवार १२:५८
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्ममा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको ६ लाख ६ हजार १४० कित्ता शेयर लिलामीमा ल्याएको थियो ।
उक्त शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिन सकिनेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले भोलि (चैत ९ गते) सम्म आवश्यक कागजात संकलन गरी बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।