बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेन्स अनलाइनबाटै नविकरण सुरू

८ चैत्र २०७८, मंगलवार ११:३५

काठमाडाै । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेेन्स अनलाइनबाटै नविकरण सुरू गरेकाे छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले मंगलबार बीमा समितिमा आयाेजित कार्यक्रमबीच आज उद्घाटन गरेका हुन् । अध्यक्ष सुर्य प्रसाद सिलवालले लाइसेन्स नविकरणकाे लागि बीमा अभिकर्ता र सर्भेयरहरू बीमा समिति धाउनु पर्ने अवस्थाकाे अन्त्य भएकाे बताए ।

बीमा समितिले नेपाल क्लीयरिङ हाउससँगकाे सहकार्यमा अनलाइनबाटै नविकरण गर्ने व्यवस्था सुरू गरेकाे हाे । नेपाल क्लीयरिङ हाउसका सिइओ निलेशमान सिं प्रधानले बीमा अभिकर्ता र सर्भेयरले सजिलै अनलाइनबाट नविकरणका लागि रकम भुक्तानी गर्ने व्यवस्था गरिएकाे बताए ।

बीमा समितिले अनलाइनबाटै नविकरण सुरू गरेसँगै दुइ लाख ८० हजार भन्दा बढि अभिकर्ता र दुइ हजार भन्दा बढि सर्भेयरले सजिलै सेवा पाउने भएका छन् । अभिकर्ताहरूले कनेक्ट आइपिएसबाट रकम भुक्तानी गरेपछि नविकरण हुने बीमा समितिले जनाएकाे छ ।

 

One thought on “बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेन्स अनलाइनबाटै नविकरण सुरू

  1. Radheshyam dware tharu says:

    [email protected]

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*