गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयर डिम्याट खातामा
८ चैत्र २०७८, मंगलवार १०:२८
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाको पुस १७ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
संस्थाको साधारण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । पुस ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।