आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट
काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना गर्ने भएको छ ।
बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्न बोर्डको चालु आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुरूप यी कार्यक्रम सञ्चालन गरिएको कार्यकारी प्रमुख डा रेग्मीले बताउनुभयो ।
यसै सन्दर्भमा नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा गत फागुन २६, २७ र २८ गते ‘वेस्टर्न ट्राभल मार्ट’ सम्पन्न भएको छ । उक्त मार्टमा नेपालगञ्ज शहरलाई गेटवे अफ कर्णालीका रूपमा प्रवद्र्धन गरिएको थियो । त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं १ को धरानमा इष्ट टुरिज्म मार्ट र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी चैत्र २५, २६ र २७ गते ‘फारवेष्ट ट्राभल मार्ट’ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ ।
प्रदेश नं १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रचार गर्ने उद्देश्यका साथ धरानमा मार्ट आयोजना गर्न लागिएको इष्ट टुरिज्म मार्टका संयोजक भवेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेकोमा इष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उहाँले जानकारी दिनुभयो । चैत २५, २६ र २७ गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा ९द्यभबगतषग िँबचधभकत स् क्गपबि तय ब्उष्क्बष्उबकि० ब्राण्डिङ गरी सुदूरपश्चिमको प्रवद्र्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिनुभयो । यी मार्टहरुमा नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का प्रदेशस्तरीय च्याप्टरका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाको सक्रिय सहभागिता रहेको छ ।
यी मार्टहरुमा सीमावर्ती भारतीय सहरका टुर अपरेटरलाई क्रेताका रूपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकबीच यस क्षेत्रका टुर प्याकेज बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ । यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलका साथ प्याकेजको प्रवद्र्धन गर्ने बोर्डका वरिष्ठ निर्देशक ऐरले जानकारी दिनुभयो ।
मार्टमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाले आकर्षक स्टलका साथ प्याकेजको प्रवद्र्धन गर्नेछन् । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रूपमा रहेका छन् । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टल मार्टको आकर्षणका रूपमा रहेको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान हुने जनाइएको छ ।