सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

७ चैत्र २०७८, सोमबार १८:४९

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो ।

सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*