बाम एकताको एजेण्डा बोकेर चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले अमेरिकी योजनामा ल्याप्चे लगाएपछि सशंकित बनेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा विदेशमन्त्री वाङ यही चैत ११ गते काठमाडौं आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयले वाङ यी यही चैत्र ११ गते काठमाडौंमा आउने पुष्टि गरेको छ । विश्वस्त स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता यी नेपालका कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुने सन्देसहित नेपाल आउन लागेको हो ।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु केपी ओली, प्रचण्ड तथा माधव कुमार नेपालसँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको जनाइएको छ ।
तीन दिने नेपाल भ्रमणको क्रममा विदेशमन्त्री वाङ यीले कम्युनिष्ट पार्टीहरुलाई एकताको सन्देश दिएर चैत १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।