इमर्जिङ पावरको शेयरमा सर्किट, यी कम्पनीका लगाानीकर्ताले सर्वाधिक कमाए
७ चैत्र २०७८, सोमबार १५:३२
काठमाडौं । सोमबार नेप्सेमा सुधार आएको छ । हिजो १४ अकंले घटेको शेयर बजार आज भने १७ अकंले बढ्न पुगेको हो ।
आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्सेमा सुधार आउदा कारोबार भने साढे २ अर्बमा सिमित भएको छ । आज इमर्जिङ पावरको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, न्यादी गु्रप पावरको ७.६७ प्रतिशत, माउटेन हाइड्रोा नेपालको ६.७४ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ६.४९ प्रतिशत, यूनियन हाइड्रोपावरको ५.५७ प्रतिशत र राधी जलविद्युतको ५.३५६प्रतिशतले बढेको हो ।