नेप्से दाहोरो अंकले बढ्दा साढे २ अर्बको शेयर कारोबार

७ चैत्र २०७८, सोमबार १५:२०

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो १४ अकंले घटेर बन्द भएको शेयर बजार आज भने १७.९९ अकंले बढेर २६३४.५७ बिन्द कायम भएको छ ।

नेप्सेमा सूचिकृत कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सुधार आउदा समेत कारोबार भने खासै सुधार आउन सकेको छैन ।

सोमबार नेपार दुरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ भने इमर्जिङ पावरको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*