बीमा दाबी भुक्तानी तोकिएकै समयमा दिन बीमा कम्पनीलाई समितिको निर्देशन, नदिएमा व्याज समेत दिनुपर्ने

७ चैत्र २०७८, सोमबार १४:००

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । बीमितहरुलाई लामो समयसम्म झुलाउदा बीमा बीमामा विश्वास घट्द्र गएको हुँदा समयमा नै दाबी भुक्तानी दिन समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

समितिको आयोजनामा ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने बताएका हुन् ।

उनले कार्यक्रममा बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही हुने समेत कार्यक्रममा बताए ।

उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदा समेत बुझाइसकेको उल्लेख गर्दैै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिए ।उनले भने, “आगामी १० वर्षपछि बीमाको रकम बैङ्कको भन्दा पनि बढी हुन्छ, अब हरेक विषयमा बीमा केन्द्रित हुनुपर्छ र बीमा रकमको लगानी सुनिश्चित गर्नुपर्छ ।”

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताएका थिए । समितिका कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*