महालक्ष्मी लाइफद्धारा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

७ चैत्र २०७८, सोमबार १२:५७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम बागमति प्रदेशको चितवनस्थित सौराहामा सम्पन्न गरेको छ ।

कम्पनीले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण सम्बन्धी एक दिने तालिम आज सम्पन्न गरेको हो । कम्पनीका सिईओ रमेश कुमार भट्टराईको उपस्थितिमा सम्पन्न तालिममा जीवन बीमा क्षेत्रमा भित्रने सक्ने कालोधन नियन्त्रणबारे प्रशिक्षण दिइएको थियो । तालिममा तीन दर्जनभन्दा बढि कर्मचारीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

तालिमपछि कर्मचारीहरुमा बीमा पोलिसी जारी गर्नुपूर्व नै अपनाउनुपर्ने सावधानीका बारेमा प्रशिक्षित गरिएको कम्पनीका सिईओ रमेश कुमार भट्टराईले जानकारी दिए । तालिमपछि कर्मचारीहरुमा सम्पत्ति शुद्धिकरण तथा वित्तिय क्षेत्रमा गलत आम्दानी नियन्त्रण सम्बन्धी सचेतना बृद्धि भएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समिति, अर्थमन्त्रालय र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तोकेको मापदण्ड अनुरुप स्वनियमनको पद्धति विकास गरेर काम गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*