दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
६ चैत्र २०७८, आईतवार १५:१२
काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि १४.६७ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से घटे पनि २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ पावरको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, निफ्राको ४.८९ प्रतिशत, सप्तीकोशी डेभलपमेन्टको ४.४८ प्रतिशत, जीवन विकास लघुवित्तको २.९१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको २.४८ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको १.९८ प्रतिशत र गुराँस लघुवित्तको १.९२ प्रतिशतले बढेको हो ।