नेप्सेमा दुई सरकारी विकास ऋणपत्र सूचीकृत

६ चैत्र २०७८, आईतवार १४:१२

काठमाडौं । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।

राष्ट्र बैंकद्धारा निष्काशन भएको ४ वर्षे अवधिको ५.९६ प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको २०८२ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो । यस ऋणपत्र फागनु ४ गते निष्काशन भएको थियो । यसको साँवा भुक्तानी २०८२ साल फागुन ४ गते हुनेछ ।

त्यस्तै, अर्को सूचीकृत विकास ऋणपत्र २०८३ ‘च’ रहेको छ । १० अर्ब रुपैयाँको ५ वर्षे अवधि तथा ६.९३ प्रतिशत ब्याजदर रहेको छ । यो ऋणपत्र फागुन ९ गते निष्काशन भएर २०८३ साल फागुन ९ गते समाप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*