महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

६ चैत्र २०७८, आईतवार १२:३४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २३ गतेदेखि संस्थापक समूहतर्फको ५ हजार कित्ता शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको थियो ।

संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ । यसअनुसार सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जोकोही ब्यक्ति तथा संघ संस्थाले भोलि (चैत ७ गते) सम्म सम्पूर्ण विवरण खुलाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीमा सम्पर्क गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सोमवारसम्म प्राप्त भएका बोलपत्र मंगलवार बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खाल्ने जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*