एनएलजी इन्स्योरेन्सको लघु बीमा अभिकर्ता तालिम सम्पन्न

६ चैत्र २०७८, आईतवार ११:०२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बीमा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले चैत ४ गतेदेखि ५ गतेसम्म दुई दिने तालिम प्रदान गरेको हो ।

इन्स्योरेन्सले २१ जना अभिकर्ताहरुको सहभागितामा सो तालिम दिएको हो । एनएलजी इन्स्योरेनस नेपालकै पहिलो निर्जीवन बीमा कम्पनी हो, जसले धेरैभन्दा धेरै लघु–स्तरका समुदायसम्म पुग्ने र बीमाको महत्वबारे चेतना र शिक्षा फैलाउने उद्देश्यले यस किसिमको तालिम आयोजना गर्दै आइरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बि पन्तको उद्घाटन मन्तव्यबाट उक्त तालिमको सुरुवात गरिएको थियो । उक्त तालिममा उनले नेपालजस्ता विकासोन्मुख देशमा लघु बीमाको आवश्यकता र महत्वलाई औंल्याएका थिए ।

साथै सो तालिममा कम्पनीका माइक्रो इन्स्योरेन्स, अंडरराइटिङ, मार्केटिङ र क्लेम विभागका कर्मचारीहरुले सहजीकरण गरेका थिए । उक्त लघुबीमा अभिकर्ता तालिममा सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध समेत गराएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*