ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित

६ चैत्र २०७८, आईतवार ०८:०१

पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले जनाएको छ ।

बीमितको घर घरमा पुगेर बीमा सचेतना फैलाउने कार्यमा संलग्न बीमा अभिकर्तालाई उचित ज्ञान र बीमा सचेतनाबारे प्रशिक्षणसहित सम्मान गरिएको कम्पनीका धौलागिरी एरिया प्रमुख मेघराज खड्काले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी धौलागिरी एरिया प्रमुख मेघराज खड्काले विकट गाउँबस्तीमा परिचालित हुने बीमा अभिकर्ताहरुलाई तालिम, उत्प्रेरणामार्फत अझै दक्ष बनाउन तथा उनीहरुको मनोबल बृद्धि गर्न कार्यक्रम फलदायी भएको बताए ।

सो कार्यक्रममा बागलुङ शाखा प्रमुख सन्जय शर्मा, वरिष्ठ एजेन्सी मेनेजर सन्देश बुढाथोकी लगायतले जीवन बीमाको महत्व तथा यसको अपरिहार्यताबारे मन्त्व्य राखेका थिए । कार्यक्रममा ४० जना वढि अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसरमा उतकृष्ठ अभिकर्ता तथा कर्मचारी सम्मान समेत गरिएको थियो । बुर्तिबाङ शाखा एजेन्सी मेनेजर यसिन रोका मगरको स्वागत मन्तव्य र एजेन्सी मेनेजेर रवि मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी देशका ७७ ओटै जिल्लामा १२८ शाखा संजाल बिस्तार गरि काम गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*