२० लाखको चेक काट्ने राजेन्द्र बिक टोखाबाट पक्राउ

४ चैत्र २०७८, शुक्रबार २३:२५

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँको टोखाबाट आज उनलाई पक्राउ गरेको हो ।

बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटेर दिएकामा उक्त चेक नसाटिएपछि उनीमाथि वैंकिङ कसुरमा मुद्दा चलेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंँमा पेश गरिएको व्यूरोले जानकारी दिएको छ ।

यसैबीच चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट एक हजार ६०० ट्याब्लेट प्रतिबन्धित औषधि ९ट्रामाडोल०सहित नवलपरासी सुस्ता गाउँपालिका–५ बस्ने १८ वर्षका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८२६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाइ ल्याएको अबस्थमा उक्त औषधसहित पक्राउ गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*