नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने

५ चैत्र २०७८, शनिबार ०६:२५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक साधारण सभा चैत २१ गते बस्नेगरी डोकेको छ । जसको लागि बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २१ गते होलट भिष्वा, वीरगंज(पर्सा)मा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १६ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै कम्पनीको हालै कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई परितर्वन गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र सो अनुरुप नियमावली संशोधन पारित गर्नेछ ।

त्यस्तै, आव २०७६।०७७ मा चन्दा शीर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित समेत गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को लागि नियुक्त लेखापरीक्षक को पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*