बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न छलफल भईरहेको छ : अर्थमन्त्री शर्मा

४ चैत्र २०७८, शुक्रबार १४:०५

काठमाडौं । बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि अर्थमन्त्री जनार्दन शर्माले आवश्यक छलफल थालेको बताएका छन् ।ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन्। अहिले बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने चलन छ ।

अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायीअनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’, उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ उनले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य शृंखलाका कारण मुलुकको शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै विस्तारै सुधार भइरहेको बताएका छन् । ‘शोधनान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने ।

४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कुल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*