अपि पावरद्धारा हकप्रद निष्काशनका लागि बुकक्लोजको मिति तय
काठमाडौं । अपि पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ ।
कम्पनीको चैत ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत भदौ २५ गतेको साधारण सभाबाट पारित चुक्तापूँजीको १ः१ः०.३९३६३२९२६ को अनुपातमा एक करोड भन्दा धेरै कित्ता हकप्रद जारी गर्नको लागि शेयर निष्काशन प्रयोजनका लागि चैत १४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कयम रहेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले तत्कालिन चुक्तापूँजीको १ः०.३९३६३२९२६ को अनुपातमा अंकित मूल्य १०० रुपैयाँका दरमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले फागुन २६ गते नै हकप्रद जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ ।