सिटिजन लाइफद्वारा एकै दिन १८०० बिद्यार्थीहरुमाझ बीमा शिक्षा कार्यक्रम संचालन

४ चैत्र २०७८, शुक्रबार १२:१२

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० बिद्यार्थिलाई बिद्यार्थि संग बिमाू कार्यक्रम संचालन गरेको छ ।

आजका विद्यार्थि भोलिका कर्णधार हुन उनिहरुले बिमा बारे ज्ञान हाँसिल गरेमा यस प्रति उनिहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुर्ति गर्न कोशेढुङा साबित हुने साथै बिमा बारे उनिहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बिमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको ूबिद्यार्थि संग बिमाू कार्यक्रम ले हाल देश ब्यापि रुपमा निकै चर्चा बटुलेको छ
यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।
समृध्दि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शि एव्ं दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाउनु भएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बिमा योजनाहरु , २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायत का कार्यक्रम हरु ले कम्पनिको पहिचान पृथक बनाउनु को साथै आम सर्वसाधारण ले समेत खुलेर प्रशंसा गरिरहेका छ्न ।
ब्यवसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै कम्पनिले यस आर्थिक बर्षको माघ सम्म आइपुग्दा १९ वटै कम्पनिमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरुमा समाजलाई बिमा सम्बन्धि सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रम हरु गर्ने कम्पनिको योजना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*