एचाआइडिसिएलद्धारा अवतरित हकप्रदको आवेदन स्थगित, बोर्डले दियो यस्तो निर्देशन

४ चैत्र २०७८, शुक्रबार ११:०८

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गरेकोमा संकलित बोलपत्रवालाहरुको गोप्य शिलबन्दी बोलपत्र फिर्ता गरेको छ ।

कम्पनीले संस्थापक समूहतर्फको अवतरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयर लिलाम बढाबढमार्फत् बिक्रीमा ल्याएको थियो ।

एचआाइडिसिएलले फागुन १ गतेदेखि फागुन १५ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेकोमा नेपाल धितोपत्र बोडको फागुन १२ गतेबो पत्रबाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त लिलाम बढाबढमार्फत बिक्री गर्ने कार्य स्थगित गर्न निर्देशन प्राप्त भएबमोजिम फागुन १३ गेतदेखि स्थगित गरिएको हो ।

साथै बोर्डको चैत २ गतेको पत्रानुसार कम्पनीले चैत ४ गतेदेखि आवेदकहरुको शिलबन्दी बोलपत्र फिर्ता गर्न लागिएको हुँदा आवेदन दिने बोलपत्रवालाहरुलाई आफुले बोलपत्र बुझाएको केन्द्रमा स्वयं उपस्थित हुन कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*