नेपाल आयल निगमको ४० औं साधारण सभा चैत २५ गते, यस्ता छन् एजेण्डा
३ चैत्र २०७८, बिहीबार १०:५८
काठमाडौं । नेपाल आयल निगमले ४० औं वार्षिक साधारण सभा चैत २५ गतेका लागि बोलाएको छ । चैत २ गते बसेको संचालक समितिको बैठकले सभा निगमको सभाकक्ष टेकु काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै सभाले शेयरधनीबाट प्रनिधित्व गर्ने १ जना र संचालकमा प्रतिधित्व गर्ने १ जना गरी २ जना प्रतिनिधि समेत तोक्ने कार्यसूचि रहेको छ ।