नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर चैत १० गतेदेखि लिलामीमा ल्याउने

३ चैत्र २०७८, बिहीबार १०:४२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर चैत १० गतेदेखि लिलामीमा खुल्ला गर्ने भएको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको थियो ।

कम्पनीले बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६५१ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । शेयर खरिद गर्ने चाहने इच्छुकले चैत १७ गतेसम्म न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आईएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, महेन्द्रनगरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*