इक्रा नेपालद्धारा सिनर्जी पावर डेभलपमेन्टलाई रेटिङ प्रदान
४ चैत्र २०७८, शुक्रबार ०६:३०
काठमाडौं । इक्रा नेपालले सिनर्जी पावर डेभलपमेन्टलाई इक्राएनपी–आईआर बीबीप्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेकोछ।
यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय रहेको ईक्राले जनाएको छ।