स्थानीय निर्वाचनमा खटिने निर्वाचन आयोगका १ लाख कमर्चारीहरुको बीमा राष्ट्रिय बीमा कम्पनीमा

२ चैत्र २०७८, बुधबार १९:२२

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निर्वाचन आयोगले स्थानीय निर्वाचनमा खटिने आफना कर्मचारीहरुको ४ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा गराएका छन् । निर्वाचन आयोगले १ लाख १० हजार ७ सय कर्मचारीहरुको सामूहिक दूर्घटना बीमा गराएको हो ।

जसमा निर्वाचन आयोगले ७ दिनदेखि १ महिनासम्म फिल्डमा खट्ने कर्मचारीहरुको समयाअवधि अनुसार बीमा गराईएको निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रति व्यक्ति २० लाख रुपैयाँ बीमा गराएको छ ।नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले आफना सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको हो । उक्त निर्वाचन कार्यस्थलमा खटिने स्वयमसेवकहरुको नियुक्तिको अन्तिम तयारी नभएको कारण हाल कर्मचारीहरुको मात्र एकमुष्ट रुपमा दुर्घटना बीमा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिन राज पौडेलले बताएका छन् ।

निर्वाचनमा खटिने सम्पूर्ण स्वयमसेवकहरुको नियुक्त भएपश्चात् गर्ने तयारी पनि भईरहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*