आगलागीमा परेका ११ घरपरिवारलाई माछापुच्छ्रे बैंकले खाद्यान तथा भाडाँकुडा सहयोग
२ चैत्र २०७८, बुधबार १८:१९
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगलागीमा परेको ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको छ ।
बैंकको माहुली शाखाले संस्थागत सामाजिक उत्तरदायित्त अन्र्तगत उक्त सहयोग गरको हो । मिति २०७८ फागुन २८ गते सत्तरी जिल्लाको अग्रीसाईर कृष्णासवरन गाउँपालिका वडा न ४ टोल रेगंरीमा आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो ।
उक्त सहयोग बैंकका प्रदेश न २ को प्रदेश उप प्रमुख बिनेश ठाकुर र कृष्णासवरन गाउँपालिका वडा ४ का वडा अध्यक्षको उपस्थितिमा ११ घरपरिवारलाई हस्तान्तरण गरेको हो । उक्त सहयोगले आगलागीमा परेका परिवारलाई केही हदमा राहत पुग्ने विश्वास बैंकले लिएको छ ।