भारतबाट बढेर आयो पेट्रोलको मुल्य, आयल निगमलाई १५ दिनमा ५ अर्ब बढी घाटा

२ चैत्र २०७८, बुधबार १६:१६

काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ ।मूल्य बढेर आएसँगै निगमले घाटा बढेको उल्लेख गरेको छ ।

भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसा बढेको छ । आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको छ।

नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा निगमले ६६५ रुपैयाँ ३४ पैसामा रहेको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*