दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२ चैत्र २०७८, बुधबार १५:२८
काठमाडौं । बुधबार शेयर बजार ओरालो लागेको छ । आज नेप्से १९.५५ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४७ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा ओरालो लाग्दा कारोबार समेत २ अर्ब ५७ लाख ४ लाख १ हजार रुपैयाँमा सिमित भएको छ । आज शेयर बजार दोहोर अकंले घट्दा केही कम्पनीको शेयर मूल्य उच्च घट्न पुगेको छ ।
आज कारोबार साढे २ अर्बमा सीमित हुदाँ यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर ४.९२ घटेको हो ।
त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३.५७ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.१० प्रतिशत, घलेम्दी हाईड्रोको ३.०१ प्रतिशत र लिबेट्री इर्नजि कम्पनीको २.६६ प्रतिशतले घटेको हो ।