दोहोरो अंकले घट्यो शेयरबजार, २ अर्बमा कारोबार खुम्चिँदा निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
२ चैत्र २०७८, बुधबार १५:०८
काठमाडौं । साताको चौथो दिन नेप्से दोहोरो अकले घटेको छ । अघिल्लो दिन १५ अंकले घटेको शेयर बजार आज १९.६५ अंकले घट्न पुगेको छ ।
बुधबार नेप्सेमा १९.६५ अंकको करेक्सन देखिएको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ७४ अंकले घटेर २६३१.३२ विन्दुमा पुग्दा कारोबार समेत २ अर्बमा खुम्चिन पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन, निर्जीबन बीमा कम्पनी र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक विकास बैंक समूहको ६० रुपैयाँले घटेको छ ।