सिउरी न्यादी पावरको साधारण सभा चैत २१ मा बस्ने, यस्ता छन् एजेण्डा
२ चैत्र २०७८, बुधबार १२:३३
काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २१ गते युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै आव २०७७।०७८ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणका साथै संचालकहरुको नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।