एनएमबि बैंकको डिम्याट, मेरो शेयर र सिआरएन नम्बर अनलाईनबाटै लिन सकिने
२ चैत्र २०७८, बुधबार १२:१०
काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा धारारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना सार्वजनिक गरेको छ । बैंक नेपाली बैंकिङ जगतमै शुरु देखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा–अपडेट गर्न सक्दछन् । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधिहरु संचालन गर्न जनाएको छ ।
हालको परिवेशमा यस प्रकारको सेवाले ग्राहकहरूको लागि घरमै बसि सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ सेवा प्रदान गरिरेको छ