सुन तोलामा १२ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

२ चैत्र २०७८, बुधबार ११:४१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको सुन बुधबार भने १ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*