नेपाल पुनर्बीमा कम्पनीमा करारमा रोजगारीको अवसर

२ चैत्र २०७८, बुधबार ११:१५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करार नियुक्तिमा कर्मचारी माग गरेको छ । कम्पनीले स्वदेशी पुनर्बीमा विज्ञ १ जना र स्वदेशी पुनर्बीमा दाबी विज्ञका लागि १ जना कर्मचारी मागेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण देखी स्नातकोत्तर उत्तिर्ण लगायत विभिन्न बीमा क्षेत्रमा ब्यवस्थापन र दाबी ब्यवस्थापनमा अनुभवी कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको सेन्ट्रल विजनेश पार्क पाँचौ तल्ला थापाथलि काठमाडौंमा आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*